चेम्बरद्धारा सिन्धुपाल्चोक र मनाङका बाढी पीडितहरुलाई राहत हस्तान्तरण

0
Shares

नेपाल चेम्बर अफ कमर्सले हालैको भीषण वर्षाको कारण उत्पन्न बाढीबाट पीडित सिन्धुपाल्चोक र मनाङ जिल्लाका प्रभावितहरुको लागि राहत सामाग्री हस्तान्तरण गरेको छ ।

नेपाल चेम्वर अफ कमर्सले सिन्धुपाल्चोक तथा मनाङ जिल्लाका बाढी पीडितहरुको लागि राहत सामाग्रीको रुपमा त्रिपाल, चामल नून, चिउरा, मस्यौरा तथा दाल उपलब्ध गराएको हो ।

नेपाल चेम्बर अफ कमर्सको तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले मनाङको लागि काठमाण्डौ स्थित मनाङ समाज सेवा समितिका कोषाध्यक्ष चुयुङ गुरुङ र हेलम्बु तथा मेलम्चीका बाढी पीडितका लागि सिन्धुपाल्चोक चेम्बर अफ कमर्सका अध्यक्ष भक्तलाल श्रेष्ठलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची तथा हेलम्वु र मनाङ जिल्लामा जनधनको क्षती पु¥याइ त्यस क्षेत्रका वासिन्दाहरु घरवारबिहीन हुन पुगेकाले नेपाल चेम्वर अफ कमर्सको तर्फबाट अध्यक्ष मल्लले गहिरो दुःख व्यक्त गरेका छन् ।

यस्तै बाढीमा परी असामयीक निधन हुनु भएकाको आत्माको चीर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति अध्यक्ष मल्लले गहिरो समवेदना समेत व्यक्त गरेका छन् ।

उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवाल उपाध्यक्षद्धय दीपक कुमार मल्होत्रा तथा सुरेन्द्र कुमार श्रेष्ठको उपस्थिति रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ६ असार २०७८, आइतबार  १८ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।