
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबारको बैठकले असार ७ गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि अब १४ गतेसम्म लम्ब्याउने निर्णय पनि गरेको छ ।
बैठकले विद्यमान प्रावधानलाई खुकुलो पादै निजी सवारी साधान सञ्चालन गर्न पाउने र बार अनुसार सबै प्रकारका पसल खोल्न दिने निर्णय गरेको गरेको छ । यद्यपी यस अवधिमा पनि केही कुराहरुमा भने सञ्चालन गर्न दिइएको छैन ।
यस अवधिमा पनि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमिङ पुल, मनोरञ्जन स्थल, सैलुन, ब्यूटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, पुस्तकालय, संग्राहलय, चिडियाखाना रंगशालामा हुने दर्शक सहितको खेलकुद, र सानिसहरु भेला हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न पूर्णत बन्देज लगाइएको छ ।
मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु ग्र्न पनि असार १४ गतेसम्मका लागि रोक लगाइएको छ । जस अन्तर्गत खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा, जुलुस गर्न, जात्रा, महोत्सव, भोजभतेर आदी गर्न गराउन पाइनेछैन ।
यसैगरी फुटपाथ तथा खुला ठाउँमा सञ्चालन हुने विभिन्न ब्यापार व्यवसाय सञ्चालन गर्न, तोकिएको तरकारी बजार बाहेक अन्य सार्वजनिक स्थानमा तरकारी तथा फलफूल ब्यापार गर्न रोक लागाइएको छ ।
थप गरिएको निषेधाज्ञाको समयमा विवाह, ब्रतबन्ध, तथा सामुहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु धार्मिक अनुष्ठानहरु पार्टी प्यालेसमा गर्न पाईने छैन । पार्टी प्यालेसमा गरिने सबै धार्मिक एवं सांस्कृतिक कार्यक्रमहरुमा रोक लगाईएको छ । यस्तै पुजारीबाट हुने नित्य पुजा बाहेकका सम्पूर्ण धार्मिक एवं सांस्कृतिक गतिविधिहरु सञ्चालन गर्न पाइनेछैन ।
यस्तै शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठन पाठन तथा परीक्षाहरु सञ्चालन गर्न नपाउने व्यवस्था गरिएको छ । यस्तै सार्वजकिन यातायात चलाउन पाइनेछैन भने तोकिएको समय र बारभन्दा अन्य दिन र समयमा व्यापार व्यवसाय सञ्चालन गर्न पाइनेछैन ।
तीव्र गतिमा फैलिएको कोरोना महामारी नियन्त्रणका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरमा जारी निषेधाज्ञालाई आगामी असार १४ गते सम्म लम्ब्याईएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका पदाधिकारीहरुको आइतबार बसेको बैठकले थप ७ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया