
नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले एफटीटीएच (फाइबर टु दि होम) मार्फत् आईपी टिभी सेवा सञ्चालनमा ल्याएको छ ।
एनटी टिभि ब्राण्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवा लगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो ।
भैरहवाका निर्देशक झविन्द्र उपाध्यायले आगामी दिनमा निर्देशनालय मातहतका सबै क्षेत्रमा यो सेवाको विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए ।
टेलिकमले एफटीटीएच सेवाबाट हालसम्म भ्वाइस सेवा र डाटा सेवा उपलब्ध गराइरहेकोमा एनटी टिभी सेवा पनि उपलब्ध गराएपश्चात् (ट्रिपल प्ले) को अवधारणा कार्यान्वयनमा आउने भएको हो ।
हाल वितरित (एनटी टिभी) सेवामा मुलुकका राष्ट्रिय प्रसारण र क्षेत्रीय प्रसारणका सबै टेलिभिजन च्यानलहरु उपलब्ध रहेका टेलिकमको भनाइ छ ।
यसका साथै नेपालमा उपलब्ध र हेरिने प्राय सबै विदेशी टेलिभिजन च्यानलहरु ग्राहकहरुलाई उपलब्ध हुने उनको भनाइ छ। हाल कम्पनीले वेसिक र प्रिमियम गरी दुई प्याकेजमा (एनटी टिभी) सेवा उपलब्ध गराइरहेको छ । वेसिकमा १०२ वटा टेलिभिजन च्यानलहरु र प्रिमियममा १८५ वटा टेलिभिजन च्यानलहरु हेर्न सकिन्छ।
नेपाल टेलिकमले २०७७ पुस १७ गते सर्वप्रथम एनटी टिभी सेवाको वितरण शुरु गरेको थियो। सेवा हाल काठमाडौं उपत्यका बाहेक बनेपा र चितवनमा पनि उपलब्ध छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया