
सोमबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला ४०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेको हो ।
महासंघका अनुसार सोमबारका लागि छापावाला सुनको भाउ तोलाको ९० हजार ४०० रुपैयाँ , तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदीको भाउ १ हजार २९५ रुपैयाँ कायम गरिएको छ ।
आइतबार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ, तेजावी ८९ हजार ५५० रुपैयाँ र चाँदीको भाउ १ हजार २९० रुपैयामा कारोबार भएको थियो ।
शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलको ८०० रुपैयाँ र चाँदीको भाउ १५ रुपैयाँले घटेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया