
अख्तियार दुरुपयोग अनुसान्धान आयोगले घुस सहित सहायक वन अधिकृतलाई नियन्त्रणमा लिएको छ ।
आयोगले निलकण्ठ सव–डिभिजन वन कार्यालय, धादिङका कार्यालय प्रमुख कृष्ण प्रसाद पौडेललाई ४० हजार रुपैयाँ घुस सहित नियन्त्रणमा लिएको हो ।
पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठको सम्बन्धमा अनुसन्धान गर्ने भनी कागजात तयार गरेर वन कार्यालयमा लगेर ४० हजार रुपैयाँ घुस रकम मागेका थिए ।
पौडेललाई उक्त घुस रकम सहित निजकै कार्यकक्षबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले घुसररिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अनुसन्धान प्रकृया अगाडि बढाएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया