नागरिक लगानी कोषको मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शेयर मूल्य समायोजन भएको छ ।
कोषले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको ९ प्रतिशत बोनस शेयरको बुकक्लोजसँगै मंगलबार मूल्य समायोजन भएको हो ।
बोनस शेयर समायोजनपछिको नेप्सेले कम्पनीको समायोजित शेयरमूल्य ३ हजार ७४३ रुपैयाँ निर्धारण गरेको छ । यसअनुसार अब मंगलबार यहि मूल्यलाई आधार मानेर कोषको दोस्रो बजारमा शेयर कारोबार खुल्नेछ ।
सोमबारको अन्तिम पटक कारोबार भएको मूल्य ४ हजार ८० रुपैयाँलाई आधार मानेर नेप्सेले बोनस समायोजन गरी कोषको मूल्य समायोजन गरेको हो ।
कोष सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट शेयरधनीलाई ९ प्रतिशत बोनश र कर प्रयोजन सहित ८.८९४७ प्रतिशत नगद गरी कूल १७.८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त लाभांश पारित गर्न कोषले असार १८ गतेका लागि वार्षिक साधारण सभा आह्वान गरेको छ ।
साधारण सभा र लाभांश प्रयोजनका लागि असार ८ गते मंगलबार बुकक्लोज गरिएको हो । यसअनुसार असार ७ गते सोमबारसम्म कायम शेयरधनीले मात्र लाभांश र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया