राधी विद्युत कम्पनीको साधारण सभा आह्वान, यस्ता छन् प्रस्तावहरु

0
Shares

राधी विद्युत कम्पनीले असार २९ गते मंगलबार बिहान ११ बजे साधारण सभा आह्वान गरेको छ ।

कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाण्डौंमा सभा बोलाएको हो ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कारोना भाइरस संक्रमण अझै पनि रहिरहेकाले सधारण सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभामा चुक्ता पूँजीको ३६.५ प्रतिशत बोनस शेयर जारी पश्चात कायम हुने पूँजीको १४७.५२ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश हुँदैछ ।

कम्पनीको जेठ १६ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले ३६.५० प्रतिशत बोनस शेयर वितरण गरेपश्चात् कायम हुने चुक्ता पूँजी को १४७.५२ प्रतिशतले हुन आउने ९५ लाख ३५ हजार ७६० कित्ता शेयर प्रतिशेयर एक सय रूपैयाँ अंकित दरमा जारी गर्ने निर्णय गरेको थियो ।

बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ भने हकप्रद शेयरपछि १ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७६।७७ को लेखापरीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७७।७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोक्ने लगायतका एजेन्डाहरू छलफल गरी पारित हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार १५ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्ने मिति तोकेको छ । तसर्थ बुकक्लोज भन्दा अघिल्लो कारोबार दिनसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र सभामा उपस्थित जनाउन र प्रस्तावित लाभांश पाउनेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ असार २०७८, मंगलबार  ११ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।