नेप्सेमा उच्च अंकको गिरावट आउँदा ७५ अर्बले घट्यो बजार पूँजीकरण

0
Shares

बुधबारको कारोवारपछि बजार पूँजीकरण मङ्गलबारको तुलनामा खुम्चिएको छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज पुनः उच्च अङ्कले ओरालो लाग्दा एकैदिन ७५ अर्बले बजार पूँजीकरणमा ह्रास आएको छ ।

मङ्गलबार ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको धितोपत्रको कुल बजार पूँजीकरण आज घटेर ३९ खर्ब ७३ अर्ब १७ करोड ७५ लाख ४० हजारमा सीमित भएको हो ।

मङ्गलबार उच्च अङ्कले बढेको नेप्सेले बुधबार सोही लय पछ्याएन । नेपाल स्टक एक्सचेञ्जका अनुसार ५१.६५ अङ्कले घटेर नेप्से दुई हजार ८६२.१८ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.३७ बिन्दुले घटेर ५२८.९७ मा ओर्लेको छ ।

नेप्सेको ओरालो यात्राको प्रभाव कारोवार रकममा समेत देखिएको छ । कूल २१८ कम्पनीको एक करोड ९४ लाख १७ हजार ५३२ कित्ता शेयर आठ अर्ब ३६ करोड २६ लाख ७१ हजार ६८१ मा खरिद बिक्री भए ।

कारोवार भएका १३ समूहको सूचक नै ओरालो लागेको छ । त्यसमा बैंकिङ २८.५४, व्यापार ५५.५६, होटल तथा पर्यटन ६९.७७, विकास बैंक १६०.६६, जलविद्युत् ७१.४९, वित्त ६७.४४, निर्जीवन बीमा २८०.१२, उत्पादन १२१.१३, अन्य ४४.४३, लघुवित्त १००.३२, जीवन बीमा ३८७.४२ , सामूहिक लगानी कोष ०.१४ र लगानी उपसमूह ०.३९ बिन्दुले घटेको छ ।

कारोवारका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५४ करोड २० लाख ३६ हजार बराबरको कारोवार भयो ।

यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी ४२ करोड चार लाख ४८ हजार ७३५, राधी विद्युत् कम्पनी ३८ करोड ४१ लाख ६८ हजार ५६५, नेशनल हाइड्रोपावर कम्पनी ३३ करोड ८९ लाख ५६ हजार २५९ र एचआइडिसिएल ३० करोड ३१ लाख ७६ हजार १६५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

यस्तै, कारोवारका आधारमा राधी विद्युत् कम्पनी ९.७१, ङादी ग्रुप पावर ९.०९, छ्याङदी हाइड्रोपावर ६.५६, नेपाल इन्स्योरेन्स ६.१६ र घलेम्दी हाइड्रोका लगानीकर्ताले ६.०२ प्रतिशतले कमाए ।

यस्तै, कालिका पावर कम्पनी ५.६०, नेपाल फाइनान्स ५.४८, मञ्जुश्री फाइनान्स ५.१४, नेपाल हाइड्रो डेभलपर ५.०८ र अरुण काबेली पावरका लगानीकर्ताले ५ प्रतिशतले गुमाएका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: ९ असार २०७८, बुधबार  १८ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।