पछिल्लो २४ घण्टामा २ हजार ४७४ संक्रमित, २४ जनाको मृत्यु

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४७४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल १२ हजार २३२ जनामा कोरोना परिक्षण गरिएको थियो । जसमध्ये ७ हजार २३५ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ५७७ जना र ४ हजार ९९७ जनाको एन्टिजेन परीक्षणमा ८९७ जना गरी २ हजार ४७४ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट २ हजार ५१८ जना संक्रमण मुक्त बनेका छन् । योसँगै हालसम्म ५ लाख ७० हजार ९५८ जनाले कोरोना संक्रमण जितेका छन् ।

त्यस्तै कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ । यस संगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको कुल संख्या ८ हजार ९१८ गुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४९ हजार ५५५ पुगेको छ । हाल ४६ हजार ५०२ जना होम आइसोलेसनमा, ३ हजार ५३ जना संस्थागत आइसोलेसनमा,७३६ जना आईसीयूमा र २०७ जना भेन्टिलेटरमा रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार  १७ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।