बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सामूहिक विज्ञप्तीपछि सामाजिक सुरक्षा कोषको यस्तो आयो जवाफ

0
Shares

२९ वटा बैंक तथा वित्तीय संस्थाका कर्मचारी संगठनहरुले १५ बुँदै माग सम्बोधनपश्चात मात्र कोषमा आबद्ध हुने भन्दै संयुक्त विज्ञप्ती जारी गरेपछि सामाजिक सुरक्षा कोषले कतिपय व्यवस्थाको विरुद्ध निराधार टिकाटिप्पणी भएको भन्दे ध्यानाकर्षण भएको जनाएको छ ।

सामाजिक सुरक्षा (सासु) कोषले कोषमा आवद्ध हुनु अनिवार्य भएकाले असार मसान्तभित्र अन्तिम मिति रहेकाले कोषमा आवद्ध हुन पुनः श्रमिक, कर्मचारी तथा रोजगारदातालाई आग्रह गरेको छ ।

कोषले २०७८ असार मसान्तसम्म कोषमा आबद्ध भई योगदान गर्नेहरुको जागिर छाड्दा वा अवकाश हुँदा जुनसुकै समयमा वृद्धवस्था सुरक्षा योजनाको रकम एकमुष्ट लैजान पाउने व्यवस्था रहेको जनाएको छ ।

कोषले सबै योगदानकर्ताका लागि निवृत्तिभरण अनिवार्य र कोषले ६० वर्ष पहिले नै जागिर छोडेमा निवृत्तिभरण योजनाको रकम पाउन ६० वर्षसम्म पर्खनुपर्ने भन्ने हल्ला निराधार रहेको दाबी गरेको छ । २०७८ साउनपछि योगदान गर्ने योगदानकर्ताको लागि समेत अवकाश हुँदाका वखतमा नै अवकाश सुविधा योजनामा जम्मा भएको रकम समेत (ब्याज) सहित फिर्ता पाउने व्यवस्था रहेको जनाएको छ ।

यसैगरी अन्य अवकाश कोषमा रहेको पुरानो रकम समेत कोषमा अनिवार्य ल्याउनुपर्ने र सो रकम निकाल्नका लागि ६० वर्ष नै पखनुपर्ने र योगदान रकमको साँवा रकम नै प्राप्त नहुने टिकाटिप्पणी निराधार रहेको भन्दै कोषले श्रमिकले खाइपाई आएको सुविधा नघट्ने जनाएको छ ।

आगामी दिनमा निवृत्तिभरण योजनालाई बीमाङ्कीय मूल्याङ्कनका आधारमा योगदानमैत्री र समय सान्दर्भिक बनाउँदै जान कोष प्रतिबद्ध रहेको जनाउँदै श्रमिकहरुको सूचीकरण तथा नियमित योगदान गरी रोजगारदातामा निहीत दायित्व समेत कोषमा हीतान्तरण गर्न आग्रह गरेको छ ।

यसअघि असार ८ गते २९ बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको यूनियनले सामूहिक विज्ञप्तीमार्फत कोष समक्ष विभिन्न १५ बुँदे माग पेश गरेका थिए ।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन २९ बैंक वित्तीय संस्थाको १५ बुँदे माग, पूरा नभए आन्दोलनको चेतावनी

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १० असार २०७८, बिहिबार  १९ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।