शुक्रबार सुनको मूल्य स्थीर, चाँदी बढ्यो

0
Shares

शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थीर बनेको छ भने चाँदीको भाउ सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार दुई दिन देखि निरन्तर घटिरहेको सुनको मूल्य शुक्रबार स्थीर बनेको हो । सुनको मूल्य स्थीर बनेपनि शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ५०० रुपैयाँ, तेजावी ९० हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३०० रुपैयाँ कामय गरिएको छ ।

सुन शुक्रबारकै भाउमा बिहीबार कारोबार भएको थियो भने चाँदी प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार  ११ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।