प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टले संस्थापक शेयर बिक्रीबाट १५ करोड प्रिमियम संकलन गर्ने

0
Shares

प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीका ५ लाख ३० हजार कित्ता संस्थाक शेयर बिक्रीबाट १४ करोड ९० लाख रुपैयाँ प्रिमियम संकलन गर्ने भएको छ ।

कम्पनीले असार ११ देखि १७ गतेसम्म आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक, नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामीण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ ।

जसअनुसार प्रभु बैंकको १ लाख कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैंकको १ लाख ७० हजार कित्ता रहेको छ ।

यी शेयहरुको न्यूनतम मूल्य प्रभु बैंकको २२५ रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सको ५०० रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ६०० रुपैयाँ र प्राइम कमर्सियल बैंकको २५० तोकिएको छ ।

उक्त शेयरहरु न्यूनतम मूल्यमा बिक्री गर्दा प्रुडेन्सियल क्यापिटल म्यानेजमेण्टलाई प्रभु बैंकको शेयरबाट न्यूनतम १ करोड २५ लाख, नेशनल लाइफको शेयरबाट ९ करोड, ग्रामीण विकास लघुवित्तबाट २ करोड १० लाख र प्राइम कमर्सियल बैंकको शेयर बिक्रीबाट २ करोड ५५ लाख रुपैयाँ प्रिमियम आम्दानी गर्ने भएको छ ।

उक्त शेयर खरीद गर्न योग्य इच्छुक विद्यमान संस्थापक वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले तोकिएको न्यूनतम मूल्य वा सोभन्दा बढी प्रतिस्पर्धात्मक मूल्य अंकित गरी असार १८ गतेसम्म बोलकबोल पेश गर्न सक्नेछन् । बोलकबोल पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: ११ असार २०७८, शुक्रबार  १३ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।