फर्स्ट माइक्रोफाइनान्सको १ लाख कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड (FMDBL) को १ लाख कित्ता संस्थापक शेयर आइतबारदेखि लिलामीमा बिक्रीमा आएको छ ।

उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी तथा संस्थाले प्रतिकित्ता न्यूनतम मूल्य ३४५ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्नेछन् ।

शिलबन्दी बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्तादेखि लिलामीमा आएको अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरुले बिक्री प्रबन्धकको कार्यलयमा सम्पर्क गरी फाराम पाउन तथा बुझाउन सक्नेछन् । शेयर खरीद गर्न ईच्छुक खरीदकर्ताले नेपाल राष्ट्र बैंकबाट संस्थापक शेयरधनीको लागि तोकिएको फिट एण्ड प्रोपर टेष्ट पूरा भएको हुनुपर्ने तथा अनुसूची ३ को विवरण पूरा भरी कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा समावेश नभएको प्रमाणित प्रतिलिपि, पछिल्लो आ.व.को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्सा, आयस्रोत खुल्ने कागजातको प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक प्रमाणपत्रको प्रतिलिपि तथा नागरिकताको प्रतिलिपि आदि अनिवार्य रुपमा संलग्न गर्नुपर्नेछ ।

उक्त संस्थापक शेयरमा लगानीकर्ताले साउन १७ गते आइतबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

कम्पनीको शेयर बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ असार २०७८, आइतबार  ०९ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।