राधी विद्युत कम्पनीको बोनस सुरक्षित गर्ने सोमबार अन्तिम दिन

0
Shares

राधी विद्युत् कम्पनीले प्रस्ताव गरेको ३६.५० प्रतिशत बोनस शेयर सुरक्षित गर्ने सोमबार अर्थात आज अन्तिम दिन रहेको छ ।

कम्पनीले असार २९ गते आह्वान गरेको वार्षिक साधारण सभाका लागि असार १५ गते मंगलबारदेखि बुकक्लोज गर्ने मिति तोकेको छ ।

यसअनुसार बुकक्लोजको अघिल्लोे कारोबार दिनसम्म कायम शेयरधनीले मात्र प्रस्तावित बोनस शेयर प्राप्त गर्न र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।

कम्पनीले प्रधान कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजे बोलाएको भर्चुअल सभामा कम्पनीले सञ्चालक समतिले प्रस्ताव गरेको बोनस शेयर पारित गर्ने तथा बोनस पश्चात कायम चुक्ता पूँजकिो आधारमा १४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर बिक्री गर्ने विशेष प्रस्ताव पारित गर्ने एजेण्डा तय गरेको छ ।

सभामा जेठ १६ गतेको सञ्चालक समितिको बैठकले १ बराबर १.४७ को अनुपातमा ९५ लाख ३५ हजार ७६० दशमलव ९९ कित्ता हकप्रद जारी गर्ने प्रस्ताव अनुमोदन हुनेछ ।

हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ३५ लाख ५६ हजार ५०० रुपैयाँ छ । ३६.५० प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी ६४ करोड ६४ लाख ४ हजार कायम हुनेछ । १४७.५२ प्रतिशत हकप्रद बिक्रीपछि भने कम्पनीको चुक्ता पूँजी १ अर्ब ६० करोड पुग्नेछ ।

वार्षिक साधारण सभाले पारित गर्ने कम्पनीको हकप्रद शेयर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिई बोर्डबाट स्वीकृति पाएपछि जारी हुने हुँदा हकप्रदको बुकक्लोज भने सोही समयमा नै तय हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रतिवेदनसहितको वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण लगायतका एजेण्डा पारित गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १४ असार २०७८, सोमबार  ०८ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।