आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असार २३ गतेदेखि एक अर्ब रुपैयाँ बराबरको ‘आरविवि म्युचुअल फण्ड १’ को इकाई बिक्रीमा ल्याउने भएको छ ।
प्रतिइकाई दश रुपैयाँ अंकित दरमा फण्डको कुल १० करोड इकाई असार २३ गतेदेखि बिक्री गर्न लागिएको हो । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने उक्त फण्डको इकाई असार २३ गतेदेखि बिक्रीमा आउनेछ ।
कूल इकाईमध्ये १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाईको १३ प्रतिशत कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक र २ प्रतिशत इकाई योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङलाई सुरक्षित गरिएको छ । ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि बिक्रीमा आउने भएको छ ।
उक्त इकाईमा लगानीकर्ताले छिटोमा असार २७ गतेसम्म र छोटो अवधिमा सबै इकाई बिक्री नभएको खण्डमा ढिलोमा साउन ६ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त इकाईमा प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० देखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।
इकाईमा खरीदका लागि मेरो शेयरको वेवसाइट तथा मोबाइल एप र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ ।
आरबीबी मर्चेन्ट बैंकिङ्गको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फण्ड हो । बन्दमुखी पूकृतिको यस फण्डको अवधि सात वर्षको रहेको छ ।
इकाईको बिक्री पबवन्धक आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडले रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया