
सोमबार शेयर लगानीकर्ताको आकर्षण लघुवित्त कम्पनीको शेयरमा परेको छ । आइतबारको तुलनामा ५६ करोडले कारोबार बढेको यस दिनको बजारमा अपर तामाकोशीको शेयरमूल्य घटेर सबैभन्दा धेरै रकमको कारोबार भएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार नेप्से परिसूचक ५.११ अंकले बढेर २८७५ दशमलव ४९ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीहरुको सूचक मापक सेन्सेटिभ इन्डेक्स पनि ४.१७ अंकले बढेर ५३३ दशमलव ५७ अंकमा पुगेको छ ।
आज कूल २१९ वटा कम्पनी १ करोड ९२ लाख ८२ हजार ८१५ कित्ता शेयर ८१ ह्जार ३०० पटक खरिद बिक्री हुँदा कारोबार रकम ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ पुगेको छ । आइतबार ७ अर्ब १६ करोडको शेयर कारोबार भएको थियो ।
सोमबार कारोबारमा आएका कूल १३ समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने ७ वटा उपसमूहको परिसूचक घटेको छ । लघुवित्तको सूचक २.१९ र लगानी सूचक २.१४ प्रतिशतले बढ्दा बैंकिङ्ग, होटल, जीवन बीमा, म्युचुअल फण्डको सूचक सकारात्मक भएका छन् । फाइनान्स र जलविद्युतको सूचक २ प्रतिशत धेरैले घटेको आजको बजारमा विकास बै.क साढे १ प्रतिशत धेरै र ब्यापार, निर्जीवन बीमा, उत्पादन र अन्य समुहको सूचक सामान्य घटेका छन् ।
अपर तामाकोशीको घटेर उच्च कारोबार
विगत दुई कारोबार दिन सकारात्मक सर्किट लागेर बढेको अपर तामाकोशीको सोमबार शेयरमूल्य घटेर उच्च कारोबार भएको छ । सुरुवातमा सकारात्मक सर्किट मूल्यसम्म बढेको कम्पनीको शेयर बिक्रीमा अधिक बिक्री चाप आउँदा ३.५४ प्रतिशतले घटेर ७९० रुपैयाँमा कारोबार बन्द भएको छ । दिनभरमा कम्पनीको शेयरमूल्यमा ११० रुपैयाँको उतार चढाव देखा पर्यो ।
यसदिन अपर तामाकोशीको ८ लाख २ हजार ४८७ कित्ता शेयर ६६ करोड ९४ लाख ४८ हजार ९८९ रुपैयाँमा खरीद बिक्री भएको छ , दोस्रो ठूलो कारोबार भएको नेपाल इन्स्योरेन्सको ५२ करोड २४ लाखको शेयर कारोबारमा आएको छ ।
यसैगरी सोमबार ३६.५० प्रतिशत बोनस सुरक्षित गर्ने अन्तिम दिन रहेको राधी विद्युतको पनि ५२ करोड ७ लाख बढीको शेयर कारोबारमा आएको छ । एनआईसी एशिया बैंकको ५० करोड २५ लाख, सेञ्चुरी कमर्सियल बैंकको २८ करोड ६१ लख, एचआईडिसीएm २६ करोड १६ लाख, नेपाल पुर्नबीमा कम्पनी २५ करोड ९ लाख, नेशनल हाइड्रोपावरको १७ करोड ५२ लाख, प्रभु बैंक ११ करोड ८६ लाख र अपि पावरको ९ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
| Symbol | Turnover | Closing Price | |
|---|---|---|---|
| As of 2021-06-28 15:00:00 | |||
| UPPER | 669,448,989.00 | 790.00 | |
| NICL | 522,484,359.00 | 1,177.00 | |
| RADHI | 520,759,991.00 | 1,120.00 | |
| NICA | 502,517,613.00 | 935.00 | |
| CCBL | 286,134,999.00 | 299.00 | |
| HIDCL | 261,622,699.00 | 508.00 | |
| NRIC | 250,928,219.00 | 1,701.00 | |
| NHPC | 175,094,426.00 | 332.00 | |
| PRVU | 118,600,686.00 | 461.00 | |
| API | 98,532,766.00 | 387.00 | |
सबैको र सिभिल लघुवित्तको मूल्य ८ प्रतिशत धेरै बढ्यो
सोमबार सबैको लघुवित्त र सिभिल लघुवित्तको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै अर्थात ८ प्रतिशत भन्दा धेरै नाफा कमाएका छन् ।
त्यस्तै हाइड्राइलेक्टिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको मूल्य ७.६३ प्रतिशत, सिटिजन म्युचुअल फन्ड १, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्तको मूल्य ४ प्रतिशत भन्दा धेरैले बढेको छ । आरम्भ चौतारी लघुवित्त, समीट लघुवित्त र ओरियन्टल होटलको शेयरमा लगानी गरेकाले पनि ३ प्रतिशत भन्दा धेरै नाफा कमाएका छन् ।
| Symbol | LTP | Point Change | % Change |
| As of 2021-06-28 15:00:00 | |||
| SABSL | 1,775.00 | 134.00 | 8.17 |
| CLBSL | 1,459.00 | 109.00 | 8.07 |
| HIDCL | 508.00 | 36.00 | 7.63 |
| CMF1 | 12.99 | 0.61 | 4.93 |
| SLBSL | 1,450.00 | 65.00 | 4.69 |
| MLBBL | 2,240.00 | 95.00 | 4.43 |
| ALBSL | 1,733.00 | 68.00 | 4.08 |
| ACLBSL | 1,540.00 | 55.00 | 3.70 |
| SMFDB | 1,654.00 | 55.00 | 3.44 |
| OHL | 573.00 | 19.00 | 3.43 |
वेष्ट फाइनान्सको मूल्य उच्च घट्यो
त्यसैगरी आज सबैभन्दा धेरै घाटा व्यहोर्ने कम्पनीका लगानीकर्तामा वेष्ट फाइनान्स कम्पनी रहेको छ । बेष्ट फाइनान्सका लगानीकर्ताले आज ५ प्रतिशत भन्दा धेरै धाटा व्यहोरेका छन् ।
यसैगरी रिलायन्स फाइनान्स, राधी विद्युत कम्पनी, आईसिएफसि फाइनान्स, पञ्चकन्यामाई हाइड्रोपावर, कालिका पावर कम्पनी, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि ४ प्रतिशत भन्दा धेरैले गुमाएका छन् ।
| Symbol | LTP | Point Change | % Change |
|---|---|---|---|
| As of 2021-06-28 15:00:00 | |||
| BFC | 362.00 | -21.00 | -5.48 |
| RLFL | 439.00 | -23.00 | -4.98 |
| RADHI | 1,120.00 | -55.00 | -4.68 |
| ICFC | 527.00 | -25.00 | -4.53 |
| PMHPL | 281.00 | -13.00 | -4.42 |
| KPCL | 430.00 | -19.00 | -4.23 |
| RHPC | 569.00 | -25.00 | -4.21 |
| GMFIL | 455.00 | -20.00 | -4.21 |
| SAPDBL | 320.00 | -14.00 | -4.19 |
| PROFL | 339.00 | -14.00 | -3.97 |
किन बढ्यो लघुवित्तको मूल्य ?
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई शेयरमा अल्पकालीन लगानी गर्न बन्देज लगाएपछि एक महिनादेखि घट्न थालेको लघुवित्त कम्पनीहरुको शेयरमूल्य सोमबारदेखि बढ्न थालेको छ ।
सोमबार कारोबारको आएका दश कम्पनीमध्ये ७ वटा कम्पनी लघुवित्तका परेका छन् । सबैको लघुवित्त, सिभिल लघुवित्त, सामुदायिक लघुवित्त, मिथिला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, समीट लघुवित्त शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र परेका छन् ।
केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संसोधन गर्दै एक महिनाअघि उक्त निर्देशन जारी गरेसँगै लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट आएको थियो । एक महिनापछि बजारमा पुनः लघुवित्तमा माहोल फर्किएको हो । अर्कोतर्फ मोद्रिक नीतिको तयारीमा जुटेको केन्द्रीय बैंकले लघुवित्त पूँजीवृद्धि गर्ने आंकलन गर्दे लघुवित्त कम्पनीहरुमा लगानीकताले लगानी बढाएका हुन् ।
तत्कालीन समयमा राष्ट्र बैंकको निर्देशनपछि लघुवित्तको शेयरमूल्य घट्यो भने जलविद्युत र बीमा कम्पनीहरुको शेयरमूल्य उच्च रुपमा बढ्न पुग्यो। असार १ गते पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले ५१ वटा जोखिमयुक्त कम्पनीहरुको सूची सार्वजनिक गरेसँगै ३ हजार बिन्दुमाथि पुगेको नेप्सेमा करिब २०० अंकको गिरावट आयो भने अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको थियो ।
राष्ट्र बैंकले ‘क’ ‘ख’ ‘ग’ वर्गका कम्पनीहरुलाई घ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न पनि बन्देज गरिएसँगै लघुवित्त कम्पनीहरुको शेयरमूल्यमा गिरावटको चक्र सुरु भएको थियो ।
एक महिनाअघि जारी भएको उक्त निर्देशनपछि केन्द्रीय बैंकले विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक ‘घ’ वर्गको लघुवित्त वित्तीय संस्थाको शेयरमा लगानी गर्न नपाइने र जेठ १० गतेसम्म शेयर खरीद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री गरिसक्न निर्देशन दिएको थियो ।
केन्द्रीय बैंकले एकीकृत निर्देशनमा संसोधन गर्दै सर्वसाधारणमा शेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको शेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था गरेको थियो ।
यस्तै, बैंकहरुले गरेको लगानी बिक्रीमा पनि खरीद गरेको एक वर्ष व्यतीत भएका लगानी मध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पूँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाइने व्यवस्था ल्याइएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया