जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा मंगलबार साढे १० बजेसम्म आईपीओमा आवेदन गर्ने लगानीकर्ताकोे संख्या साढे १९ लाख नाघेको छ ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार लघुवित्तको शेयरमा साढे १९ लाख बढी आवेदकबाट ३ अर्ब रुपैयाँ बराबरको शेयर माग माग भएको हो ।
कम्पनीले सर्वसाधारणबाट १८ करोड ४८ लाख १५ हजार रुपैयाँ बराबरको शेयर माग गरेकोमा १६.२३ गुणा बढी माग परेको हो । लघुवित्तको आईपीओमा प्राप्त आवेदन संख्या पनि हालसम्मकै उच्च हो ।
हालसम्मको आवेदनका आधारमा नै कम्पनीको आईपीओ ९ प्रतिशतभन्दा कमले मात्र पाउने देखिन्छ । मंगलबार कार्यालय समयभित्र पर्ने थप आवेदनले शेयर पाउने तथ्याङ्क अझ घटाउनेछ ।
कम्पनीको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम बाँडफाँड गर्दा १ लाख ८४ हजार ८०१ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले प्राप्त गर्नेछन् भने यीनै आवेदकमध्ये भाग्यशाली ५ जनाले थप १ कित्ताका दरले ११ कित्ता शेयर पाउनेछन् ।
लाघुवित्तले असार ११ गतेदेखि बिक्री खुल्ला गरेको आईपीओेमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । लघुवित्तले प्रतिकित्ता १०० अंकित मूल्यका १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३०० कित्ता साधारण शेयर निष्काशन गरेको छ । निष्काशित शेयरमध्ये ३० हजार ४२० कित्ता शेयर कर्मचारीहरुका लागि तथा ९८ हजार ८६५ कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। सर्वसाधारणले बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इच्छुक लगानीकर्ताले कम्पनीको आईपीओमा असार १५ गतेसम्म आवेदन दिन पाउनेछन् । जसमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछन । निष्काशन कित्ता अत्यन्त न्यून भएकाले १० कित्ता शेयर पनि गोलाप्रथाबाट मुस्किलले पाउने भएकाले १० कित्ताका लागि मात्र आवेदन गर्दा उत्तम हुनेछ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सि आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै मेरोशेयर सफ्टवेयरमार्फत पनि आवेदन दिन सकिनेछ। लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।
आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बि माइनस’ रेटिङ्ग प्रदान गरेको छ। यस्तो रेटिङ्ग प्राप्त गर्ने संस्थाहरु समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सु्रक्षित र मध्यम क्रेडिट जोखिम रहेको संकेत गर्दछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया