
नेपाली बजारमा मंगलबार सुनचाँदी दुबैको मूल्यमा सामान्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको १०० रुपैयाँ र चाँदी ५ रुर्पैयाँले सस्तिएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३०० रुपैयाँ कायम गरिएको छ ।
सोमबार छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँ, तेजावी ९० हजार २०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार सुनचाँदी दुबैको मूल्य स्थीर रहेको थियो । शुक्रबारको तुलनामा आइतबार भने सुन तोलाको २०० रुपैयाँ र चाँदी ५ रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया