शेयर बजारमा ४७ अंकको गिरावट, कारोबार एक अर्बले घट्यो

0
Shares

शेयर बजारमा मंगलबार उच्च अंकको गिरावट आएको छ । सूचक ४७.४९ अंकले घटेको यसदिनको बजारमा कारोबार रकम पनि एक अर्बले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार र सोमबार बढेको बजार मंगलबार १.६५ प्रतिशत अर्थात ४७.४९ अंकले घटेर २८२८ बिन्दुमा आइपुगेको छ । यस्तै सेन्सेटिभ इन्डेक्स ९.८७ अंकले घटेर ५३३.५७ बिन्दुमा झरेको छ ।

यसदिन कूल २२३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर ७५ हजार ८८० पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ७२ करोड ६३ लाख ६१ हजार ८६९ रूपैयाँमा समेटिएको हो । सोमबार ७ अर्ब ७२ करोडको शेयर कारोबारमा आएकोमा कारोबार रकम १ अर्बले घटेको हो ।

आज कारोबारमा आएका कूल १३ वटा उपसमूहमध्ये लघुवित्त बाहेक १२ वटै इन्डेक्स् घटेको छ ।

राधी विद्युत कम्पनीको उच्च कारोबार

मंगलबार राधी विद्युत कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४९ करोड ८३ लाख २५ हजार रूपैयाँ बराबरको शेयर खरीद बिक्री भएको हो ।

नेशनल हाइड्रोपावर ३६ करोड, एचआईडिसीएल २९ करोड, नेपाल इन्स्योरेन्स २४ करोड, पुनर्बीमा कम्पनीको १६ करोड, अपर तामाकोशी १५ करोड, लुम्बिनी विकास बैंक १३ करोड, एनआईसी एशिया बैंक र निफ्राको साढे १२ करोड तथा नेपाल बैंकको ११ करोड बढीको शेयर कारोबार भएको छ ।

ओरियन्टल होटलका लगानीकर्ताले कमाए

मंगलबार ओरियन्टल होटलका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । होटलको मूल्य ५.७६ प्रतिशतले बढेको हो । गुराँस लघुवित्त, सामुदायिक लघुवित्त, तारागाउँ रिजेन्सी होटल, सिभिल लघुवित्त र निर्धन उत्थान लघुवित्त लगायत कम्पनीको मूल्य बढेको छ ।

सपोर्ट लघुवित्त, ग्लोबल आइएमइ बैंक डिबेञ्चर, एनएमबि लघुवित्त र एसबिएल डिबेञ्चरको पनि मूल्य सामान्य बढेको छ ।

प्रोग्रेशिभ फाइनान्सका लगानीकर्ताले गुमाए

मंगलबारको बजारबाट प्रोग्रेशिभ फाइनान्सको शेयरमा लगानी गरेकाले सबैभन्दा धेरै गुमाएका छन् ।

यसैगरी गुमाउने लगानीकर्ताको सूचीम हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, बेष्ट फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सेन्ट्रल फाइनान्स, लुम्बिनी विकास बैंक, युनियन हाइड्रोपावर, गुडविल फाइनान्स, कर्णाली डेभलपमेन्ट र मल्टीपर्पस फाइनान्सका रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ असार २०७८, मंगलबार  १५ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।