काठमाडौं महानगरपालिकाद्धारा २३ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन

0
Shares

काठमाडौं महानगरपालिकाले लामो समयदेखि कर तिर्न बाँकी रहेका २३ करदातालाई ३० दिनभित्र कर दाखिला गर्न निर्देशन दिएको छ । 

महानगरपालिकाले युनाइटेड वल्ड ट्रेड सेन्टर, आरबि कम्पेल्क्स्, स्टार मल, सुरज आर्केड, चिरायु हस्पिटल, मनमोहन मेमोरियल कलेज, तथा कान्तिपुर डेन्टल हस्पिटल लगायतका २३ करदातालाई एक महिनाभित्र बक्यौता कर भुक्तानी गर्न पत्राचार गरेको हो ।

घरजग्गा/सम्पत्ति कर वापतको रकम तोकिएको समयमा बक्यौता गर्न बाँकी रहेका विभिन्न २३ करदातालाई काठमाडौं महानगरपालिकाले एक सूचना मार्फत ३० दिनभित्र कर तिर्न भनेको हो ।

वडा कार्यालय तथा राजस्व विभागले पटक पटक पत्राचार गर्दा समेत कर तिर्न अटेर गरी बुझाउन नआई लामो समयदेखि कर बक्यौता कायम रहेको सूचनामा उल्लेख छ ।

३० दिनभित्र काठमाडौं महानगरपालिकाको राजस्व विभाग वा सम्बन्धीत वडा कार्यालयमा सम्पर्क गरी आफ्नो सम्पत्तिको विवरण बुझाउन बाँकी कर (जरिवाना समेत) दाखिला गर्नुपर्ने छ ।

तिर्न बाँकी रकम सरकारी बाँकी सरह असुल उपर गर्न कानूनी प्रक्रिया अगाडि बढाउने समेत महानगरपालिकाले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

 

प्रकाशित मिति: १६ असार २०७८, बुधबार  ११ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।