दश वाणिज्य बैंकबाट अझैपनि निःशुल्क दिन सकिन्छ आईपीओमा आवेदन

0
Shares

पछिल्लो समय आईपीओको उच्च आकर्षण बढेको छ । पछिल्लो पाँच महिना अवधिमा मात्रै करिब ९ लाख धेरै डिम्याट खाता खुलेको केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले जनाएको छ ।

आईपीओ उच्च आवेकदन पर्न थालेपछि यसअघि नि:शुल्क सेवा प्रदान गर्दै आइरहेका केही बैंकले ग्राहकबाट शुल्क लिन थालेका छन् । हाल सञ्चालनमा रहेका २७ मध्ये १० बैंकमा खाता रहेर शेयर भर्ने आवेदकलाई शेयर भरेवापत तिर्नुपर्ने सि आश्वा शुल्क तिर्नुपर्दैछ । ८ बैंकले भने ग्राहकबाट १० रुपैयाँ, ६ बैकले २० रुपैयाँ, दुई बैंकले २५ रुपैयाँ र एक बैंकले एक सय रुपैयाँसम्म शुल्क लिने गरेका छन् ।

शुल्क लिने बैंकबाट शेयर भर्दा शेयर बाँडफाँडमा शेयर पर्दा वा नपर्दा समेत लगानीकर्ताले आवेदन वापतको सेवा शुल्क भने बुझाउनुपर्छ । लामो समय शेयर नपरे आवेदक शुल्क वापत नै शेयर भर्न पुग्ने पैसा काटिने सम्भावाना रहन्छ । हामीले कुन बैंकबाट शेयरमा आवेदन गर्दा शुल्क लाग्दैन र कुन बैंकबाट आवेदन गर्दा कति शुल्क लाग्छ भन्नेबारे जानकारीका लागि यो सामाग्री तयार गरेका छौं ।

अहिले पनि अझैपनि दश वाणिज्य बैंकले भने ग्राहकलाई निःशुल्क सेवा दिइरहेका छन् । ग्राहकलाई निशुल्क सेवा प्रदान गर्ने बैंकहरुमा सरकारी स्वामित्वको दुई बैंकहरु राष्ट्रिय वाणिज्य र नेपाल बैंकका साथै निजी लगानीमा स्थापना भएका ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, एनसीसी बैंक, नबिल बैंक, मेगा बैंक र सेञ्चुरी कमर्सियल बैंक रहेका छन् । यी बैंकमा खाता रहेका ग्राहकहरुले निःशुल्क साधारण शेयर (आईपीओ) भर्ने सुविधा पाउनेछन् ।

S.N. Bank Name SYMBOL ASBA FEE
1 Century Commercial Bank Ltd. CCBL Free
2 Global IME Bank Limited GBIME Free
3 Mega Bank Nepal Ltd. MEGA Free
4 Nabil Bank Limited NABIL Free
5 Nepal Bank Limited NBL Free
6 Nepal Credit And Commercial Bank Limited NCCB Free
7 NIC Asia Bank Ltd. NICA Free
8 Sanima Bank Limited SANIMA Free
9 Siddhartha Bank Limited SBL Free
10 Rastriya Banijya Bank RBB Free
11 Standard Chartered Bank Limited SCB 100
12 Laxmi Bank Limited LBL 25
13 Nepal SBI Bank Limited SBI 25
14 Citizen Bank International Limited CZBIL 20
15 Everest Bank Limited EBL 20
16 Himalayan Bank Limited HBL 20
17 Kumari Bank Limited KBL 20
18 Nepal Investment Bank Limited NIB 20
19 NMB Bank Limited NMB 20
20 Agriculture Development Bank Limited ADBL 10
21 Bank of Kathmandu Ltd. BOKL 10
22 Civil Bank Ltd CBL 10
23 Machhapuchhre Bank Limited MBL 10
24 Nepal Bangladesh Bank Limited NBB 10
25 Prabhu Bank Limited PRVU 10
26 Prime Commercial Bank Ltd. PCBL 10
27 Sunrise Bank Limited SRBL 10

यसैगरी आठ वाणिज्य बैंकमा खाता भएका ग्राहकले प्रतिआवेदन १० रुपैयाँ शुल्क तिरेर आईपीओ भर्न सक्नेछन् । कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंक, प्रभु बैंक, प्राइम कमर्सियल बैंक र सनराइज बैंकले आईपीओ आवेदन वापत १० रुपैयाँ लिँदै आएका छन् ।

अन्य ६ बैंकहरु सिटिजन्स बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, र एनएमबि बैंकका ग्राहकले आईपीओमा आवेदन गर्दा प्रतिआवेदन २० रुपैयाँ बुझाउनुपर्नेछ ।

नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकले एउटा निष्काशनमा ग्राहकबाट २५ रुपैयाँका दरले सेवाशुल्क लिँदै आइरहेका छन् । विदेशी स्वामित्वको स्ट्याण्डर्ड चार्टड बैंक नेपालले वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै प्रतिआवेदन १०० रुपैयाँ सि(आश्वा वापतको सेवाशुल्क लिने गरेको छ ।

आईपीओ भर्दा केन्द्रीकृत आश्वा प्रणाली (सि-आश्वा) को सेवा उपलब्ध गराए वापत बैंक तथा वित्तीय संस्थाहरुले शुल्क लिनेहरुले आईपीओ भर्ने ग्राहकहरुबाट शेयर पाउँदा वा नपाउँदा पनि आवेदन गरेवापत शुल्क भने बुझाउनुपर्छ ।

हाल आईपीओमा आवेदन गर्ने ग्राहकहरुको दुई वा सोभन्दा बढी बैंकमा खाता रहेको खण्डमा लगानीकर्ताले सेवा शुल्क नलाग्ने बैंकबाट आईपीओ भर्दा शुल्क तिर्नुपर्देन । जसका लागि एउटै डिम्याट खातामा पनि दुई वा सो भन्दा बढी बैंक खाता आबद्ध गराएर सम्बन्धीत बैंकबाट सिआरएन नम्बर लिएपछि सेवाशुल्क नलाग्ने बैंकबाट शेयर भरेको खण्डमा हरेक पटक आवेदक वापतको शुल्क तिर्नुपर्दैन ।

आईपीओको उच्च आकर्षण बढ्दा उच्च आवेकदका कारण थोरै आवेदकले गोलाप्रथाबाट मात्र शेयर पाउने अवस्था छ । पछिल्लो समय आईपीओ निष्काशन गरेको जीवन विकास लघुवित्तको आईपीओमा २० लाख ८६ हजार वटा आवेदन परेको छ । धेरै आवेदक हुँदा न्यून संख्याका लगानीकर्ताले मात्र शेयर पाउने गरेका छन् ।

नेपाल रि-इन्स्योन्स कम्पनी, एनआईसी एशिया लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमा आवेदन सबै सर्वसाधारणले शेयर पाएपछि शेयर बजारमा आकर्षण बढ्यो। कोभिड संक्रमणका बीच खुलेका यी सार्वजनिक निष्काशनले पनि प्राथमिक बजारमा लगानीकर्ताको संख्या बढाएको छ ।

हात खाली नभएको उक्त दुबै कम्पनीको शेयरमूल्य बढेर लगानीकर्तालाई उल्लेख्य पूँजीगत लाभ हुन पुगेपछि आईपीओ तर्फको आकर्षण ह्वात्तै बढेको छ । रि इन्स्योन्स कम्पनीमा ८५ हजार, चन्दा्गिरी हिल्सका लगानीकर्ताले २७ हजारसम्म नाफा कमाएका लगानीकर्ताले निफ्राको शेयरबाट ३७ हजारभन्दा धेरै नाफा आर्जन गरे । यसबीचमा निष्काशन भएका धेरै बीमा तथा लघुवित्तका कम्पनीका लगानीकर्ताले पनि बुलिस बजारका कारण राम्रै नाफा कमाएका छन् ।

आईपीओबाट उच्च नाफा आर्जन भएपछि शेयर बजारको क्रेज शहरमा मात्र होइन गाउँ गाउँमा पुगेको छ । प्रविधिमैत्री बजार, दोस्रो बजारमा आएको उछालले पछिल्लो चरणमा शेयर बजारमा नयाँ नयाँ लगानीकर्ताको सहभागिता उच्चदरमा बढेको पाइएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गबाट निक्षेप सदस्यता लिएका ७८ वटा निक्षेप सदस्यहरुमा डिम्याट खाता खोल्ने ग्राहकको संख्या विसं २०७७ माघ ३० गते २७ लाख ७५ हजार २८९ वटा रहेकोमा पछिल्लो पाँच महिनामा बढेर ३६ लाख ३१ हजार ५९८ पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ असार २०७८, बिहिबार  १८ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।