
नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको बोनस शेयरको बुकक्लोजसँगै शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मूल्य समायोजन भएको हो ।
नेप्सेले कम्पनीको १५.५० प्रतिशत बोनस शेयरमापश्चात १ हजार ४२९ रुपैयाँमा मूल्य समायोजन गरेको छ । बिहीबार कारोबार भएको अन्तिम मूल्य १ हजार ६५० रुपैयाँलाई आधार मानेर नेप्सेले मूल्य समायोजन गरेको हो ।
यससँगै आइतबार कम्पनीको समायोजित शेयरमूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुल्नेछ ।
कम्पनीले लाभांश पारित सहित अन्य प्रस्ताव पारित गर्न असार ३१ गते २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया