.png)
शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन तोलाको ५०० रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको भाउ तोलाकको ९१ हजार ३०० रुपैयाँ, तेजावी ९० हजार ८०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३१० रुपैयाँ कायम गरिएको छ ।
बिहीबार छापावाला सुन तोलाको ९० हजार ८०० रुपैयाँ, तेजावी ९० हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार सुनको मूल्य बढेपनि चाँदीको मूल्य स्थीर रहेको महासंघले जनाएको छ ।
बिहीबार छापावाला सुन प्रतितोला ८०० रुपैयाँ, तेजावी ७५० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेर कारोबार भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया