स्मार्ट टेलिकमको ‘दुइ पछी फ्री’ अफर

0
Shares

स्मार्ट टेलिकमले नेपालको टेलिकम जगतमै पहिलोपटक ऐतिहासिक ‘दुइ पछी फ्री’ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ तत्पश्चात २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुनेछ ।

स्मार्ट टेलिकमले यस अफरले आफना प्रयोगकर्ताहरु माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले  प्रयोगकर्ताहरुमा उत्साह र उमँग आउनेछ भनि विश्वास लिएको छ । स्मार्ट प्रयोगकर्ताहरुले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाईसँग अनलिमिटेड कुराकानी गर्न सक्नेछन् ।

अब स्मार्ट प्रयोगकर्ताहरुले मन खोलेर अनलिमिटेड कुराकानी सहजै गर्न सक्नेछन् । स्मार्टले यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने उद्देश्य रहेको छ ।स्मार्टले यस अफरले आफना प्रयोगकर्ताहरुको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जीवनमा टेवा पुग्नेछ भनी विश्वास राखेको छ । यस अफरले आम उपभोक्ताको संचारसँगको असिमित पहुँच अझ सहज हुनेछ ।

यस अफर प्रयोग गर्न स्मार्ट प्रयोगकर्ताहरुले निःशुल्क *१४१*१*५*१# डायल गर्नु सक्नु हुनेछ । स्मार्ट आफना ग्राहकहरुलाई बढि भन्दा बढि सुविधा दिन सदैव तत्पर रहेको छ । तसर्थ स्मार्ट गर्वका साथ भन्दछ ‘नेटवर्क जसले दिन्छ तपाईलाई धेरै’ ।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आफना ग्राहकहरुलाई डाटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ असार २०७८, शनिबार  २० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।