साताको पहिलो दिन बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

0
Shares


साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन तोलाको २०० रुपैयाँ र चाँदी १५ रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९१ हजार ५०० रुपैयाँ, तेजावी ९१ हजार रुपैयाँ र चाँदीको भाउ १ हजार ३२५ रुपैयाँ कायम गरिएको छ ।

शुक्रबार छापावाला सुन तोलाकको ९१ हजार ३०० रुपैयाँ, तेजावी ९० हजार ८०० रुपैयाँ र चाँदी १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

शुक्रबार पनि सुन तोलाको ५०० रुपैयाँले बढेर कारोबार भएको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० असार २०७८, आइतबार  ११ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।