एनआइबिएल सहभागिता फण्डले दोस्रो वार्षिकोत्सवको अवसरमा ल्यायो तत्काल दुई गुणा लगानी बृद्धि योजना

0
Shares

एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबीएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताहरुको लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ ।

क्यापिटलले यस योजनामा सहभागी भई लगानीकर्ताहरुले आफ्नो लगानीलाई तत्काल दुई गुणा सम्म बृद्धि गराउन सक्ने बताएको छ ।

यो योजना व्यक्तिगत ग्राहकहरुका लागि मात्र हुनेछ भने यसमा सहभागि हुन न्यूनतम ३०० इकाई अनिवार्य खरिद गर्नुपर्नेछ । यो योजना २०७८ साल असार २० गते देखि २०७८ साल असार २४ गते सम्म मात्र लागु हुने कम्पनीले छ ।

यस योजनाको नतिजा २०७८ साल श्रावण १५ गते गोलाप्रथाद्वारा फेसबुक लाइभ मार्फत गरिने र योग्य सहभागिहरुबाट २० जना विजेता घोषणा गरिने जनाएको छ ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) संचालनमा रहेको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २० असार २०७८, आइतबार  १४ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।