नेपाल फाइनान्स र ललितपुर फाइनान्सको एकीकृत कारोबार असार २७ गतेदेखि

0
Shares

नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। ललितपुर फाइनान्सलाई एक्वायर गरेको नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार संचालनमा आउनेछ ।

गत जेठ २८ गते सम्पन्न यी दुबै फाइनान्सको अलग अलग विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुरलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गराएका थिए ।

एकीकृत कारोबार सञ्चालन गर्न दुबै फाइनान्सको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेशन गर्नुपर्ने भएकोले असार २५ गतेदेखि २६ गतेसम्म यी फाइनान्सहरुको सम्पूर्ण सेवाहरु बन्द रहने बताइएको छ।

राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार १८ गते एक्विजिशन सम्बन्धि अन्तिम स्वीकृति दिएको थियो।

हाल नेपाल फाइनान्सको चुक्ता पूँजी ३० करोड रुपैंया छ । ललितपुर फाइनान्सलाई गाभेपछि नेपाल फाइनान्सको चुक्ता पूँजी झण्डै ४९ करोड रुपैंया पुग्नेछ । राष्ट्र बैंकले वित्तीय संस्थाहरुको न्युनतम चुक्ता पूँजी ८० करोड हुनुपर्ने व्यवस्था गरेको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  ०८ : २७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।