अरुण भ्याली हाइड्रोपावर (AHPC) को लिलामीमा ल्याएको ४ लाख ३५ हजार ८९४ कित्ता शेयरमा परेको शिलबन्दी बोलपत्र आज खुला हुने भएको छ ।
कम्पनीको शेयर बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आज बिहान ११ बजे क्यापिटलको कार्यालय कमलादीमा खुला गरिन लागेको हो । कोभिड संक्रमणको जोखिम कायमै रहेकाले उक्त बोलपत्रको फेसबुक लाइभ गरिने क्यापिटले जनाएको छ । क्यापिटलको पेज मार्फत शिलबन्दी बोलपत्र खुला गरिने जनाएको छ ।
कम्पनीले असार ९ गतेदेखि १६ गतेसम्म हकप्रदमा अवितरित सर्वसाधारण समूहतर्फको ४ लाख ३५ हजार ८९४ कित्ता शेयर लिलामी प्रकृयाबाट बिक्री खुला गरेको थियो ।
उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
कम्पनीले गत बैशाख ६ देखि जेठ २ गतेसम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो हकप्रदमा अवितरित भएको शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याइएको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया