३० हजार घुस सहित सव इन्जिनियर अख्तियारको नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयागले ३० हजार घुस सहित सव–इन्जिनियरलाई नियन्त्रणमा लिएको छ ।

आयोगले राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, ओखलढुंगामा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई नियन्त्रणमा लिएको हो ।

पासवानले भुकम्पबाट क्षतिग्रस्त घर पुर्ननिर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोग सँगको समन्वयमा जिल्ला प्रशासन कार्यालय, ओखलढुंगाबाट गएको टोलीले पक्राउ गरेको हो ।

असार १५ गते नियन्त्रणमा लिई उक्त रकमसहित निजलाई मिति १६ गते आयोगमा बुझाइएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति: २१ असार २०७८, सोमबार  १४ : १७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।