समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा

0
Shares

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले असार २९ गतेदेखि ११ लाख ३५ हजार ५५८ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री खुला गर्ने भएको छ ।

कम्पनीले अवितरित हकप्रद शेयर विक्री गर्न लागेको हो । कम्पनीले गत असार ३ गतेदेखि १० गतेसम्म हकप्रद शेयर विक्री खुला गरेको थियो।

यो शेयर खरीदका लागि असार साउन ५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । यो शेयरको न्यूनतम मूल्य १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल लिमिटेड रहेको छ ।

बोलपत्र विक्री प्रबन्धकसँगै बैंक अफ काठमाण्डूका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, सुर्खेत, नेपालगञ्ज, धनगढी र समृद्धि फाइनान्सका केन्द्रिय कार्यालय हेटौँडा, बुटवल, पोखरा र नारायणगढमा प्राप्त गर्न र पेश गर्न सकिनेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  ०८ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।