राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा रामशरण पुडासैनी

0
Shares

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष शपथ लिएका छन् ।

अध्यक्ष पुडासैनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले रामशरण पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहनुभएका अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्माले अध्यक्षको पदबाट बैंक सञ्चालक समिति समक्ष राजीनामा दिएका थिए । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय निलम तिम्सिना ढुङ्गाना तथा बमबहादुर मिश्र, अन्य उच्च पदाधिकारीहरु र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  ०९ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।