सुनका गरगहना र ६ लाख नगद चोरी गर्ने पक्राउ

0
Shares

नेपाल प्रहरीले ६ लाख रुपैयाँ नगद र सुनका गर गहना चोरी गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले कल्याणपुर नगरपालिका–११ बस्ने २० वर्षीय किसन साहलाई सोमबार बिहान पक्राउ गरेको हो ।

साहले सोही नगरपालिका–८ अरङटोल बस्ने मोहबुद राईनको घरबाट नगद ६ लाख रुपैयाँ, २ थान सुनको झुम्का, १ थान सुनको मन्टिका, १ थान सुनको नथिया र करिब १ केजी ५०० ग्राम चाँदीका गरगहना आइतबार राति चोरी गरेका थिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २२ असार २०७८, मंगलबार  १७ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।