सहारा विकास बैंकको लाभांश घोषणा

0
Shares

सहारा विकास बैंक लिमिटेड (SHBL) ले विगत तीन आर्थिक वर्षको सञ्चित नाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकको असार २२ गते, सोमबार सम्पन्न सञ्चालक समितिको बैठकले आर्थिक वर्षहरु २०७४।७५, २०७५।७६ र आर्थिक वर्ष २०७६।७७ सम्मको सञ्चित नाफाबाट कूल ५.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमध्ये चुक्ता पूँजीको ५.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२७ प्रतिशत नगद रहेको छ ।

प्रस्तावित उक्त लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

आर्थिक वर्ष २०७३।७४ बाट २३ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.२१ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस यताका तीन आर्थिक वर्षमा बै.कले बल्ल शेयरधनीलाई ५ प्रतिशत बोनस वितरण गर्ने भएको हो ।

सहारा विकास बैंकको अधिकृत पूँजी ५० करोड र जारी तथा चुक्ता पूँजी २७ करोड २२ लाख ७० हजार ६०४ रुपैयाँ रहेको छ । १ करोड ३७ लाख ४९ हजार ६६५ रुपैयाँ बोनस वितरणपछि बैंकको चुक्ता पूँजी २८ करोड ६० लाख २० हजार २७० रुपैयाँ पुग्नेछ ।

सहारा विकास बैंकले प्रदेश नम्बर २ को सर्लाही जिल्लामा चार शाखा कार्यालय र एक एक्स्टेन्सन काउण्टरमार्फत सेवा प्रवाह गरिरहेको छ । बैंकलाई २०७७ असोजमा गरिमा विकास बैंकले प्राप्ती गर्ने सम्झौता गरेको छ । 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  ११ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।