बुधबार पनि बढ्यो सुनको भाउ

0
Shares


बुधबार पनि नेपाली बजारमा सुनको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार बुधबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदीको भाउ १ हजार ३२० रुपैयाँ कायम गरिएको छ ।

सोमबारको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी ९१ हजार ३०० रुपैयाँ र चाँदी १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबारको तुलनामा मंगलबार तोलामा ५ रुपैयाँले बढेर कारोबार भएको चाँदीको मूल्य बुधबार प्रतितोला १० रुपैयाँले घटेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।