२२ लाख ५ हजार नगद सहित जुवाडे पक्राउ

0
Shares

नेपाल प्रहरीले विभिन्न स्थानबाट २२ लाख ५ हजार ४०० रुपैयाँ नगद सहित ५२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

काठमाडौं, झापा र स्याङजाका विभिन्न स्थानबाट तास खेलिरहेको अवस्थामा ५२ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–६ आरुबारी सिमालटार चोक नजिक वाङचु शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानरगपालिका–६ बौद्ध सिमालटार बस्ने सिन्धुपाल्चोक घर भएका ४० वर्षीय लाल बहादुर बिक लगायत २९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी टोलीले उनीहरुलाई नगद १४ लाख ५९ हजार ९ सय रुपैयाँ र २० बुक तास सहित पक्राउ गरेको हो ।

त्यसैगरी झापाको दमक नगरपालिका–८ बस्ने २९ वर्षीय थिरराज खतिवडाको घरमा तास खेलिरहेको अवस्थमा ११ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७ लाख ४५ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।

त्यस्तै स्याङजाको भिरकोट नगरपालिका–२ ठाडो लाईनस्थित खेम बहादुर श्रेष्ठको बिवेक होटलबाट तास खेलिरहेको अवस्थामा श्रेष्ठ लगायत १२ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनीहरुलाई १ लाख ७६ हजार ४ सय १५ रुपैयाँ नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७८, बुधबार  १७ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।