नेपालमा पछिल्लो समय थप २ हजार ९७९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ८९८ जनामा गरेको परिक्षणमा ७ हजार ८३५ जनामा पिसिआर परिक्षण गर्दा २ हजार ७७ जनामा संक्रमण र ४ हजार ६३ जनामा एन्टिजेन बाट परिक्षण गर्दा ९०२ गरि कुल २ हजार ९७९ जनामा संक्रमणको पुष्टि भएको हो ।
त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ३३३ जना संक्रमणमुक्त बनेका छन् । हाल सम्म संक्रमण मुक्त हुनेको संख्या ६ लाख १४ हजार ३२७ पुगेको छ ।
साथै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २८ जनाको मृत्यु भएको छ । हाल सम्म मृत्यु हुनेको संख्या ९ हजार २९१ पुगेको मन्त्रालयले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया