नेपाल प्रहरीले स्रोत नखुलेको ३१ लाख ९० हजार रुपैयाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
सिद्धार्थनगर नगरपालिका–१ बाईपासबाट स्रोत नखुलेको उक्त नगद सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ वर्षीय बिनय कलवार र भारत उत्तर प्रदेश नौतुना बस्ने ३५ वर्षीय सुरज गैडा रहेका छन् ।
लु.२१ प २२१२ नम्बरको स्कुटरलाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा कलवारले बोकेको झोलामा उक्त नगद फेला पारी स्कुटर चालक कलवार र स्कुटरमा सवार गैडालाई पक्राउ गरेको हो ।
बरामद रकम र स्कुटर सहित दुवै जनालाई आवश्यक कारबाहीको लागि बुटवल उपमहानगरपालिका–८ स्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया