राजश्व अनुसन्धान विभागले ९ करोड २७ लाख ३७ हजार ५ सय ६० रुपैयाँ राजश्व चुहावट गर्ने शिवशक्ति खाद्य उद्योगका सञ्चालक सहित ३ जना विरुद्ध मुद्दा दर्ता गरेको छ ।
विभागले चितवन रत्ननगर–८ स्थित शिवशक्ति खाद्य उद्योगका संचालक निदेश कुमार अग्रवालसहित तीनजना विरुद्ध उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको हो । शवशक्ति खाद्य उद्योगका सञ्चालक द्वय दिनेशकुमार र सीमा अग्रवाल तथा थपलिया ट्रेड सप्लायर्सका प्रोप्राइटर रामप्रसाद थपलिया बिरुद्ध मुद्दा दर्ता गरिएको विभागले जानकारी दएको हो ।
उनीहरुले बास्तविक खरिद तथा बिक्री नदेखाई मूल्य अभिबृद्धि कर, लाभांश कर र आयकर समेतको राजश्व चुहावट गरेको विभागले जनाएको छ ।
अग्रवालद्वय र थपलियाले विभागको अनुसन्धानबाट मूल्य अभिबृद्धि करतर्फ ६ करोड ८६ लाख ७ हजार २ सय ५३ रुपैयाँ र आयकर तर्फ २ करोड ४१ लाख ३० हजार ३ सय ७ रुपैयाँ राजश्व चुहावट गरेको पाइएको छ ।
उनीहरुलाई राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२(पहिलो संशोधन २०७६) को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ को खण्ड क, ख र छ बमोजिम दोषी ठहर गरी बिगो रमक असुल गरी जरिवाना र कैद सजायको माग दाबी सहित मुद्दा दर्ता गरिएको विभागले जनाएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया