काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो पश्चात सबै प्रकारका सवारी साधनको निषेध खुल्लाभएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिई यात्रु ठगी गर्ने विरुद्द अझै सक्रियता बढाएको छ ।
ट्राफिक प्रहरीको विशेष अपरेसन टोलीले गंगबु नयाँ बसपार्क र कलंकीबाट आज मात्र यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ ।
माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका वर्ष ३३ को लेख बहादुर गुरूङ, स्याङजाकैवबर्ष १८ को सौगात सुनार, कास्की पोखराका वर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोककावबर्ष २३ को विज्ञान माझी र धादिङका वर्ष २९ को निराजन सापकोटा पक्राउ परेका छन् ।
त्यस्तै कंलकीबाट धादिङका वर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका वर्ष २६ को पदम गिरी, धनुषाका वर्ष २६ को रबि आले मगर, सल्यानका वर्ष २६ को खुमराज बि.क. र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पक्राउ परेका छन् ।
अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा ।शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए।
उनले भने “यात्रु ठग्ने आदत छ ? छ भने होसियार । सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले तपाईंलाई कुनै पनि बेला फन्दामा पार्न सक्छ ।” उनले थपे “गोप्य निगरानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिदै आएका छौं, यात्रु ठग्ने जोसुकैलाई नियन्त्रणमा लिन्छौं ।”
पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ ।
तोकिएको भन्दा बढि भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया