एभरेष्ट बैंक लिमिटेड (EBL) ले २०७२ साल असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक ऋणपत्र २०७८’ को सकिन लागेसँगै अन्तिम साँवा ब्याज भुक्तानी गर्ने भएको छ ।
जसका लागि बैंकले सम्बन्धीत ऋणपत्र धनीहरुलाई आवश्यक कागजात र विवरण उपलब्ध गराउन अनुरोध गरेको छ ।
अन्तिम साँवा ब्याज प्राप्त गर्न सम्बन्धीत ऋणपत्रधनीहरुले ऋणपत्रको सक्कल प्रमाणपत्र, नेपाल नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपि र बैंक खाताको विवरण बुझाउन बैंकले आग्रह गरेको छ ।
आफैँ उपस्थित हुन नसकेको खण्डमा भने ऋणपत्रधनीह?ले रितपूर्वकको मञ्जुरीनामा साथै मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपि समेत अनिवार्य ?पमा पेश गर्न बैंकले आग्रह गरेको छ ।
काठमाडौं भित्रका ऋणपत्रधनीह?लाई एभरेष्ट बैंकको मुख्य कार्यालय, लाजिम्पाट, तथा उपत्यका बाहिरका ऋणपत्रधनीहरुलाई आफुलाई पायक पर्ने एभरेष्ट बैंकको शाखा कार्यालयमा सम्पर्क राखी आवश्यक कागजात बुझाउन बैंकले आग्रह गरेको छ ।
बैंकको उक्त ऋणपत्रको अवधि असार ३१ गते समाप्त हुँदैछ । बैंकले २०७२ साल असार ३१ गते ६ वर्ष अवधिको प्रतिऋणपत्र १ हजार अंकित दरको ६ लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया