मिर्मिरे लघुवित्तको बोनस शेयर वितरण

0
Shares

मिर्मिरे लघुवित्तले बोनस शेयर वितथरण गरेको छ । लघुवित्तले चुक्ता पूँजीको ९.२० प्रतिशत बोनस शेयर असार २३ गते शेयरधनीको डिम्याट खातामा जम्मा गरेको हो ।

शेयरधनी दर्ता पुस्तिका बन्द ( बुकक्लोज) हुँदासम्म शेयर अभौतिकीकरण (डिम्याट) गराइसकेका शेयरधनीको हितग्राही (डिम्याट) खातामा उक्त बोनस जम्मा गरिएको हो ।

बुकक्लोजपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीको पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने लघुवित्तले जनाएको छ ।

यस्तै हालसम्म पनि कागजी शेयर धारण गरेका लगानीकर्तालाई आफुसँग भएको शेयर अभौतिकीकरण गराउन लघुवित्त कम्पनीले अनुरोध गरेको छ ।

लघुवित्तको कम्पनीको २०७७ चैत १८ गते सम्पन्न १० औं वार्षिक साधारण सभाबाट पारित ९.२० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले चैत ८ गते बुकक्लोज गरेको थियो । यसअनुसार बुकक्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन् ।

कम्पनीको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ असार २०७८, बिहिबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।