नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको १०० रुपैयाँले बढेको हो ।
पछिल्लो २ दिनमा मात्रै सुन तोलाको ८०० रुपैयाँले महङ्गिएको छ । यसअघि बुधबार सुन तोलाको ४०० रुपैयाँ, मंगलबार ३०० रुपैयाँले बढेको थियो ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ३०० रुपैयाँ , तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३१० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबारको तुलनामा बिहीबार चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया