दुई कम्पनीको बोनस शेयर सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचीकृत भएको छ । बिहीवार नेप्सेमा सिभिल लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

सिभिल लघुवित्तको ३.५ प्रतिशतका दरले हुन आउने ८१ हजार ८७६.७९५ कित्ता बोनस शेयर र एभरेष्ट इन्स्योरेन्सको ८ प्रतिशतले हुन आउने ८ लाख ७६ हजार ७४४ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

सिभिल लघुवित्तको चैत ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३.५ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

एभरेष्ट इन्स्योरेन्सको जेठ १० गते सम्पन्न २६ औँ वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न सकिन्छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार  १५ : १८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।