पछिल्लो २४ घण्टामा एक हजार ८७५ सङ्क्रमित थपिए, २९ को निधन

0
Shares

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ८७५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १० हजार ५०४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

मुलुकभर पाँच हजार ३७४ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा एक हजार २१८ जनामा र पाँच हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा ६५७ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा एक हजार २८६ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या छ लाख १५ हजार ६१३ पुगेको छ । नेपालमा निको हुनेको दर ९४ दशमलव ५ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा २९ जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको छ । नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ३२० पुगेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २४ असार २०७८, बिहीबार  १७ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।