नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार असार ३० गतेदेखि

0
Shares

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

नेशनलले असार ३० गतेदेखि महिला सहयात्रालाई प्राप्ति गरेर नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको हो ।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २४ गते दुई संस्थाको प्राप्ति गर्न।हुन अन्तिम स्वीकृति दिएसँगै एकीकृत कारोबारको मिति तय भएको हो ।

एक्विजिशन पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय नेशनल माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय धादिङ्ग जिल्ला, निलकण्ठ नगरपालिका वडा नं. ३, पुछार बजारमा रहनेछ।

गत जेठ २५ गते दुबै संस्थाको सम्पन्न साधारण सभाले एक आपसमा मर्जर तथा प्राप्ति सम्बन्धि भए गरेका कार्यहरुलाई अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

एकीकृत कारोबारका लागि असार २९ गते एक दिनका लागि दुबै संस्थाको डाटा इन्टिग्रेसनका लागि महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ ।

महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बापत नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ६८ कित्ता शेयर कायम हुनेगरी दुई कम्पनी एक आपसमा समाहित भएका हुन् ।

महिला सहयात्रा प्राप्तिपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त पूँजी, व्यवसाय, शाखा सञ्जाल समेतका हिसावले ठूलो तथा बलियो लघुवित्त वित्तीय संस्था बन्ने कम्पनीले बताएको छ ।

कम्पनीको चुक्ता पूँजी करीब ४१ करोड, कुल निक्षेप २ अर्ब ५० करोडभन्दा बढी र कुल कर्जा लगानी १० अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ । त्यस्तै सो अवसरमा कम्पनीले १०० वटा शाखा कार्यालयहरु र ५५० भन्दा बढी कर्मचारी मार्फत करीब १ लाख ४० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार  १० : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।