सुनको मूल्य निरन्तर बढ्दै, एक सातामा नै ११०० रुपैयाँले बढ्यो

0
Shares

नेपाली बजारमा शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुन प्रतितोला १०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार शुक्रबारका लागि छापावाला सुनको मूल्य ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३०५ रुपैयाँ कायम गरिएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९२ हजार ३०० रुपैयाँ , तेजावी ९१ हजार ८०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै बिहीबारको तुलनामा शुक्रबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो ।

पछिल्लो एक सातामा मात्रै सुनको भाउ १ हजार १०० रुपैयाँले बढेको छ । आइतबार तोलाको २०० रुपैयाँले महङ्गिएको सुनको भाृ सोमबार स्थीर रह्यो भने मंगलबार ३०० रुपैयाँ, बुधबार ४०० रुपैयाँ र बिहीबार १०० रुपैयाँ र शुक्रबार १०० रुपैयाँले बढेको हो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार  १२ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।