मिर्मिरे लघुवित्तको एफपीओलाई ‘डबल बि रेटिङ’

0
Shares

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गर्ने थप साधारण शेयर ( एफपीओ) ले ‘डबल बि रेटिङ’ पाएको छ । 

सार्वजनिक निष्काशन पूर्व कम्पनीले क्रेडिट रेटिङ गराएको हो ।

इक्रा नेपालले कम्पनीको एफपीओलाई इक्रा एनपी इस्यूआर बीबी रेटिङ प्रदान गरेको हो ।

डबल बि रेटिङ प्राप्त संस्था आधारभुत पक्ष मध्य रहेको देखाउँछ । यस्तो रेटिङ पाउने कम्पनीमा दायित्व बहन गर्ने क्षमता पनि मध्यम जोखिम रहेको मानिन्छ ।

लघुवित्त कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्न नेपाल एसबिआई मर्चेण्टसँग बिक्री प्रबन्धक सम्झौता गरिसकको छ । उक्त एफपीओ निष्कासन गर्नका लागि कम्पनीले अब आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिनेछ ।
बोर्डबाट एफपीओ जारी गर्ने स्वीकृती पाएपछि लघुवित्तले सर्वसाधारणमा एफपीओ बिक्री गर्नेछ ।

मिर्मिरे लघुवित्त नेपाल स्टक एक्सचेञ्जमा (नेप्से) मा सूचीकृत कम्पनी हो । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त सूचीकृत कम्पनीले आफ्नो चुक्ता पूँजीको कम्तिमा ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्नुपर्ने प्रावधान रहेको छ ।

मिर्मिरे लघुवित्तले सर्वसाधारणमा शेयर जारी गरिसकेको भएपनि सूचीकृत नभएको स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपछि शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको होे ।

मिर्मिरेले यसअघि नेप्सेमा सूचीकृत अर्को लघुवित्त नागबेली लघुवित्त वित्तीय संस्थालाई समेत संस्थामा विलय गराइसकेको छ ।

चुक्ता पूँजी ३९ करोड ८६ लाख रुपैयाँ रहेको मिर्मिरेले चालु आर्थिक वर्षको तेस्रो त्रैमासम्ममा १४ करोड ७५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेर वार्षिक ३३.३४ रुपैयाँ प्रतिशेयर आम्दानी कायम गरेको छ । जगेडा कोषमा २५ करोड ६२ लाख रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १६४.२९ रुपैयाँ छ । कम्पनीको धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता १ हजार ७०० रुपैयाँमा बिहीबार अन्तिम कारोबार भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २५ असार २०७८, शुक्रबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।