साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य स्थीर रहेकोे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ तोलाको ९२ हजार ४ सय रुपैयाँ, तेजावी ९१ हजार ९ सय रुपैयाँ र चाँदीको भाउ प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।
शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य स्थीर भएपनि चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो । शुक्रबार चाँदीको कारोबार तोलाको १ हजार ३०५ रुपैयाँमा भएको थियो ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया