बजारमैत्री मौद्रिक नीति आउने अपेक्षाले आइतबारको शेयर बजारमा हरियाली छाएको छ । दुई साता यताकै उच्च कारोबार भएको बजारमा नेप्से सूचक एकै दिनमा करिब ७५ अंकले बढेको छ।
कारोबारमा आएका सबै समूहका सूचक सकारात्मक रहदा नेप्से सूचक ७४.७१ अंकले उकालो लाग्दा नेप्से २९०० विन्दु नजिक पुगेको छ। बजार बढ्दा कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। आइतबार ८ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ। यो गत बिहीबारको भन्दा झन्डै तीन अर्बले बढी हो। बिहीबार चार अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको थियो।
शेयर घटेको मौका पारेर लगानीकर्ताहरुले खरिदको क्रम बढाउँदा बजारमा थप सकारात्मक प्रभाव देखिएको हो। साथै नेपाल राष्ट्र बैंकले पनि बजार अनुकुलकै मौद्रिक नीति ल्याउने तयारी गरिरहेको संकेत गरेपछि लगानीकर्तामा थप उत्साह थपिएको हो । त्यस्तै आर्थिक वर्षको अन्त्यमा हुने क्लोजिङ्गको प्रेशर कम भएकाले पनि बजारमा सुधार देखिएको हो।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ७४.७१ अंक बढेर २८९९.८२ विन्दुमा पुगेको छ । यसदिन २२५ कम्पनीको ३ करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६ करोड १३ लाख ८२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ । फाइनान्स र विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरैले बढेको छ । फाइनान्स उपसमूहको परिसूचक यसदिन ८.३७ प्रतिशतले बढेको छ । विकास बैंक उपसमहूको परिसूचक यस दिन ८.२९ प्रतिशतले बढेको छ ।
जीवन बीमा, निर्जीवन बीमा, माइक्रो फाइनान्स, इन्भेष्टमेन्ट, बैंकिङ र हाइड्रो पावर उपसमूहको परिसूचक दुई प्रतिशत भन्दा धेरैले बढेको छ ।
एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार
यसदिन एनआइसी एशिया बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३९ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २५ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल बैंकको २४ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
२४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि
आज २४ कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । गोर्खाज फाइनान्स कम्पनी, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी, आइसीएफसी फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।
साइन रेसुङ्गा बैंक, मल्टीपर्पज फाइनान्स कम्पनी, समृद्धी फाइनान्स कम्पनी, महालक्ष्मी बैंक र सांग्रिला डेभलपमेन्ट बैंक, गुडवील फाइनान्स, हिमाल दोलखा हाइड्रोपावर कम्पनी, ज्योति विकास बैंक, प्रोग्रेसिभ फाइनान्स कम्पनी, बेष्ट फाइनान्स कम्पनी, कर्णालि डुभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स, जानकी फाइनान्स कम्पनी, पोखरा फाइनान्स कम्पनी, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट बैंक, खानीखोला हाइड्रोपावर कम्पनी, नेपाल हाइड्रो डेभलपर्श, कामना सेवा विकास बैंक र सिन्धु विकास बैंकको शेयरमूल्यमा उच्च बृद्धि आएको छ । यी कम्पनीमा लगानी गर्ने लगानीकर्ताले आज ९ प्रतिशत धेरैका दरले नाफा कमाएका छन् ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट
आज कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयरमूल्य करिब ४ प्रतिशतले घटेको छ । यस्तै, ओरियन्टल होटल, १०.२५% एनबीबीएल डिबेञ्चर २०८५ लगायतका कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया