थप १ हजार ८३१ जनामा कोरोना पुष्टि, २० जनाको मृत्यु

0
Shares

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ९ हजार २१८ जनामा कोरोना भाइरस परिक्षण गरेको थियो ।

जसमा ५ हजार ५३५ जनामा पिसिआर परिक्षण गर्दा १ हजार २३७ जना र ३ हजार ६८३ जनालाई एन्टिजेन्टबाट परिक्षण गर्दा ५९४ जनामा संक्रमणको पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३३ जनाले कोरोना जितेका छन् । हाल सम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ लाख १९ हजार ८९४ पुगेको छ।

मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । यो संगै अहिले सम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार ३८२ पुगेको मन्त्रालयले जनाएको छ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २७ असार २०७८, आइतबार  १७ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।